Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:५०

जिल्लाको सर्वाधिक धनराशिको गोकुलेश्वर टि–२० क्रिकेट च्यालेन्ज 'सिजन २' असोज १६ देखि संचालन हुने

Wide Nepal News
बुधबार, भदौ ३०, २०७८

दार्चुला : जिल्लाको सर्वाधिक धनराशीको दोस्रो संस्करणको खुल्ला 'गोकुलेश्वर टि–२० क्रिकेट च्यालेञ्ज' प्रतियोगिता अगामी असोज तेस्रो साताबाट सञ्चालन हुने भएको छ । नागार्जुन क्रिकेट क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता असोज १६ गतेदेखि दार्चुलाको गोकुलेश्वरमा सञ्चालन हुने भएको हो ।

प्रतियोगिताको विजेता टोलीले नगद रू.६५ हजार ५५५,उप विजेता टोलीले  रू.२५ हजार ५५५ र तेस्रो हुने टोलीले रू.११ हजार ५५५ रुपैंया पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यसका साथै म्यान अफ द सिरीजलाई २ हजार,बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समान १/१ हजार पुरस्कार दिइनेछ।

प्रतियोगितामा देशभरका जुनसुकै जिल्लाका खेलाडी पनि सहभागी हुन पाउने जनाइएको छ । तर टिममा भने एउटै वडाका खेलाडीहरु मात्रै समावेश गर्नुपर्ने आयोजक नागार्जुन क्रिकेट क्लबका अध्यक्ष करन विष्टले जानकारी दिएका छन । जसका लागि सबै खेलाडीले वडाको सिफारिस र प्रमाणपत्र अनिवार्य ल्याउनुपर्नेछ । टेनिस बलको प्रयोगले सञ्चालन हुने प्रतियोगिताका खेलहरु लिग चरणमा खेलाइनेछन् ।

पहिलो संस्करण गत वर्षको असोज तेस्रो सातादेखि सुरु भएकोमा २१ टोली सहभागी रहेका थिए । प्रतियोगिताको विजेताले ६१ हजार १ सय ११ र उप विजेताले २३ हजार ३ सय ३३ नगद,ट्रफी,प्रमाणपत्र पाएका थिए ।

गत वर्षको उपाधि पिपलकोट क्रिकेट क्लब दोगडाकेदारलाई ४८ रनले पाखा लगाउँदै निंग्लाशैनी क्रिकेट क्लब (एनसिसि) देहिमाडौंले हात पारेको थियो ।

प्रतिक्रिया