Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:४६

प्रहरी र वाइड नेपालद्वारा गोकुलेश्वरमा अलपत्र भेटिएकी डोटीकी १५ वर्षीया किशोरीको उद्दार

Wide Nepal News
बुधबार, भदौ ३०, २०७८
दार्चुला : जिल्लाको शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वरबाट ३ दिनदेखि अलपत्र एक किशोरीको उद्दार गरिएको छ । डोटीको जोरायल गाउँपालिका घर भएकी ती किशोरी दार्चुलाको गोकुलेश्वरमा ३ दिनदेखि अलपत्र अवस्थामा भेटिएपछी मंगलबार (हिजो) इलाका प्रहरी कार्यालय गोकुलेश्वर र महिला एकीकृत बिकास एवं सशक्तीकरण नेपाल 'वाइड नेपाल' ले उद्दार गरेको छ । गोकुलेश्वरमा अलपत्र भेटिएकी ती किशोरीलाई वाइड नेपालको सहयोगमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरले महिला प्रहरी खटाएर बुधबार (आज) इलाका प्रहरी कार्यालय बुडरको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख एवं प्रहरी निरीक्षक अरूण बमले जानकारी दिएका छन । उनीसित फोनमा दार्चुला घर बताउने युवकले भेट्न बोलाएपछी ती किशोरी दार्चुला आएकी थिइन तर दार्चुला पुगेपछी युवक सम्पर्कविहीन हुँदा उनी अलपत्र परेको बुझिएको छ ।

प्रतिक्रिया