Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:४८

काङ्ग्रेस महाधिवेशन : शैल्यशिखरमा बिष्टसहित दार्चुलामा गाउँ/नगर सभापतिका लागि उम्मेदवारी घोषणा

Wide Nepal News
शुक्रबार, असोज ०१, २०७८
दार्चुला : नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै दार्चुलामा गाउँ/नगर अधिवेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । काङ्ग्रेसले जिल्लाका सबै वडा अधिवेशन सम्पन्न गरेसँगै नगर तथा गाउँ सभापतिका आकांक्षीले उम्मेदवारी घोषणा गर्न थालेका हुन् । यसैबीच नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनमा शैल्यशिखर नगरपालिकामा नगर सभापतिका लागि युवा उम्मेदवारको रुपमा जगदीश बिष्टले उम्मेदवारी घोषणा गरेका छन । गोकुलेश्वर माध्यमिक विद्यालयबाट वि.सं. २०६४ सालमा नेपाल विद्यार्थी संघको नेतृत्व सम्हाल्दै नेपाली काङ्ग्रेसको राजनीतिमा बामे सरेका बिष्ट विद्यालय, क्याम्पस हुँदै जिल्ला कमिटीको सचिव पदमा आवद्व रहिसकेका छन । विगत डेढ दशक देखि निरन्तर नेपाली काङ्ग्रेसको सक्रिय राजनीतिमा होमिएका उनले अहिले नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन । गोकुलेश्वर माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष समेत रहेका बिष्टले सोही विद्यालयमा ५ वर्ष निशुल्क अध्यापन गरेका थिए । सामाजिक कार्यमा अग्रसर हुँदै आएका उनी गलत गतिविधिका विरुद्ध जिल्लामा आन्दोलनको नेतृत्व गर्दै आएका छन । अग्रजको साथमा युवाको जिम्मेवारी काधमा भन्दै विष्टले नगरसभापतिको लागि आफ्नो दाबी रहेको बताए । अबको राजनीति युवाले सम्हाल्नुपर्ने तथा यसको लागि अग्रजलाई पनि सँगसँगै लग्नुपर्नेमा उनको जोड छ । यो पटकको लगि आफु शैल्यशिखर नगर सभापतिको लागि बलियो दाबेदार रहेको उनको बुझाइ छ । शैल्यशिखरमा युवा नेता विष्टसँगै लक्ष्मण डागा, मोहन साउँद, धर्म खडायत, अशोक धामी लगायतले सभापतिमा लड्ने आंकाक्षा देखाएका छन् । यस्तै महाकाली नगरपालिकामा चन्द्रसिंह बिष्ट र तोरन अवस्थीले नगर सभापतिको आंकाक्षीको रुपमा देखिएको नेपाली काङ्ग्रेस दार्चुलाले जनाएको छ । यद्यपि महाकालीमा अझै सभापतिको लागि उम्मेदवार बढ्न सक्ने बताइएको छ । यस्तै व्यास गाउँपालिकाको सभापतिको लागि नरेन्द्र भट्टले उम्मेदवारी घोषणा गरेका छन । युवाको प्रतिनिधित्व गर्दै आफ्नो उम्मेदवारी घोषणा गरिएको भट्टले बताएका छन । व्यास गाउँ सभापतिका लागि यसअघि बासुदेव ऐतवालले पनि उम्मेदवारी घोषणा गरिसकेका छन । ऐतवालले सामाजिक सञ्जाल मार्फत जानकारी दिदै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । अपिहिमाल गाउँपालिकामा भने फेरि पनि शोभानसिंह  लोथ्यालले नै गाउँ सभापतिमा उम्मेदवारीको तयारी थालेका छन । अहिलेसम्म म मात्रै हो लोथ्यालले भने, अरु उम्मेदवार देखिएका छैनन् ।

प्रतिक्रिया