Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:५३

संविधान दिवसको अवसरमा खलंगामा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिता समापन

Wide Nepal News
आइतबार, असोज ०३, २०७८
दार्चुला : संविधान दिवसको अवसर पारेर कर्मचारी मिलन केन्द्र दार्चुलाले आयोजना गरेको खुला युगल व्याटमिन्टन प्रतियोगिता आइतबार समापन भएको छ । गत भदौ २८ गतेबाट सञ्चालन भएको खुला युगल व्याडमिन्टन प्रतियोगिता संविधान दिवसको दिन समापन भएको हो । फाइनल खेलमा कृष्ण बोहरा र हिक्मत महताको जोडीलाई पराजीत गर्दै ईश्वर थापा र इन्द्रराज भट्टको जोडी विजयी भएको हो । थापा-भट्ट जोडीले महता र बोहरा जोडीलाई सोझो सेटमा पराजीत गर्दै उपाधी जितेको हो । फाइनल प्रवेशको लागि थापा र भटट्ले नरेन्द्र बहादुुर बम र राकेश सामन्तको जोडीलाई पारजीत गरेको थियो । प्रतियोगितामा १८ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । संविधान दिवसको अवसरमा प्रतियोगिता समापन गर्नुका साथै पुरुस्कार वितरण गरिएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद रू.६ हजार तथा द्वितीय टिमले नगद रू.४ हजार तथा ट्रफि वितरण गरिएको आयोजक कर्मचारी मिलन केन्द्र दार्चुलाले जानकारी दिएको छ । कर्मचारी मिलन केन्द्रका अध्यक्ष अमरसिह धामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीको प्रमुख आतिथ्य रहेको थियो ।

प्रतिक्रिया