Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:५५

काङ्ग्रेस महाधिवेशन : तरूण दलका नेता बिष्टद्वारा शैल्यशिखर नगर सचिवमा उम्मेदवारी घोषणा

Wide Nepal News
सोमबार, असोज ०४, २०७८
दार्चुला : नेपाली काङ्ग्रेसको आसन्न १४औं महाधिवेशन नजिकिदै गइरहेका बेला दार्चुला सहित देशैभर नेपाली काङ्ग्रेस निकटका नेता तथा कार्यकर्ताहरू विभिन्न पदका लागि आआफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन । दार्चुलामा पनि गत भदौ २२ गते सम्पन्न भएको वडा अधिवेशनबाट वडा तहको नेतृत्व टुंगो लागिसकेको छ । जिल्लास्थित वडा, गाउँ/नगर पालिका हुँदै जिल्लाको नेतृत्वमा युवाहरूले समेत उम्मेदवारी घोषणा गरिरहदा कसले बाजि जित्ने भन्ने कुरा निक्कै नै चासोका साथ लिइएको छ । यसैबीच सोमबार (आज) शैल्यशिखर नगरपालिकामा नेपाल तरुण दलका नगर संयोजक सुरेश बिष्टले नेपाली काङ्ग्रेस शैल्यशिखर नगरपालिकाको सचिव पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काङ्ग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत  गत भदौ २२ गते सम्पन्न भएको वडा अधिवेशनबाट ५२ मतका साथ क्षेत्रिय प्रतिनिधिमा चयन भएका बिष्ट आगामी असोज ९ गते हुने नगरपालिकास्तरिय अधिवेशनमा शैल्यशिखर नगरपालिकाको सचिवका लागि उमेदवारि घोषणा गरेका हुन् । शैल्यशिखर नगरपालिका -९, नकतड घर भएका बिष्ट वि.सं.२०६६ साल देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका छन । उनी यसअघि नेपाली काँग्रेंसको भातृ संस्था नेपाल तरुण दलको शैल्यशिखर नगर सभापति भइसकेका छन् । लामो समय देखी नेपाली काँग्रेंसका हरेक आन्दोलनमा अग्रसर भएर काम गर्दा जिल्ला प्रशासन कार्यालय सम्म मुद्दा खेपेको विष्टले बताए। नेपाली काँग्रेंसमा युवाहरुको आकर्षण बढाउन र संगठन विस्तारका लागि आफूले नगर सचिवमा उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् । पार्टी संगठनलाई बलियो, असल र नेपाली कांग्रेसको विचारलाई समाजको अभिन्न अंगको रुपमा अघि बढाउन नगर सचिव पदमा आफूलाई अघि सारेको विष्टले बताए। राजनीतिमा विभिन्न आरोह अवरोह तथा संघर्ष गर्दै आएका युवा नेता बिष्ट आशन्न महाधिवेशन मार्फत पार्टीको राजनीतिमा आफुलाई स्थापित गर्ने संकल्प सहित नगर सचिवको तयारीमा जुटेका छन् । निरन्तर रुपमा काँग्रेंसमा क्रियाशील भएर समाजिक सेवा गर्दै आएका विष्ट आफ्नो उम्मेदवारीले युवा प्रतिनिधित्व रहने र आफुले निर्वाचित भएसंगै समग्र क्षेत्रको विकाश, समृद्धि र जिम्मेवार काङ्ग्रेस बनाउन आफ्नो योगदान रहने बताउँदै सम्पुर्णलाई सहयोग गर्न समेत आग्रह गरेका छन् । यसअघि शैल्यशिखर नगर सभापति पदका लागि युवा नेता जगदिश बिष्टले समेत उम्मेदवारी घोषणा गरेका छन् । दार्चुलाका विभिन्न स्थानीय तहमा कांग्रेसका युवा नेताहरुले विभिन्न पदमा आफ्नो उमेदवारि घोषणा गरिरहेका छन् ।

प्रतिक्रिया