Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:३७

पिथौरागढमा नेपाल–भारत संयुक्त सैनिक अभ्यास सुरु

Wide Nepal News
मङ्गलबार, असोज ०५, २०७८
कोभिड–१९ को कारण रोकिएको नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैनिक अभ्यास सुरु भएको छ । भारतको उत्तराखण्डस्थित पिथौरागढमा सोमबारबाट सैन्य अभ्यास सुरु भएको छ। ‘सूर्यकिरण’ नाम दिइएको उक्त अभ्यास १७ गतेसम्म चल्ने छ। नेपाल–भारत १५ औं ‘सूर्यकिरण’ संयुक्त अभ्यासमा भाग लिन नेपाली सेनाको टोली स्थलमार्ग हुँदै २ गते पिथौरागढ पुगेको थियो। भारतीय सेनाद्वारा सोमबार जारी विज्ञप्ती अनुसार दुवै मुलुकबाट गरी करिब ६ सय ५० जना संख्यामा रहेको सैनिक टोलीले संयुक्त अभ्यास गर्ने छन्। जसमा नेपालबाट ३०० जनाको सैनिक टोली गएको छ। संयुक्त अभ्यासमा आपसी सञ्चालन क्षमताको विकास, आपसी आतंकवाद विरुद्धको गृहकार्य र विपद् व्यवस्थापन सम्बन्धी क्षेत्रमा हुने भारतीय सेनाले जनाएको छ। सैनिक प्रवक्ता पौडेलका अनुसार भारतको उत्तराखण्डस्थित पिथौरागढमा हुन लागेको १५ औं सूर्यकिरण संस्करणमा दुवै मुलुककातर्फबाट बटालियन स्तरको सहभागिता भएको प्रष्ट पारे। ‘अहिले गरेको चाहिँ बटालियन स्तरको संयुक्त प्रशिक्षण हो, नेपालबाट ३०० जनाको पल्टन अभ्यासमा गएको छ, जसमा तीनवटा कम्पनी छन्,’ उनले भने। नेपाली सेना र भारतीय सेना दुवै पक्षबाट अभ्यासमा महासेनानीले नेतृत्व गरेका छन्।

प्रतिक्रिया