Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:४१

टिकटकमा लाइभ बसेर डेढ करोड कमाएको दाबी गर्छन कञ्चनपुरका अंशु बर्मा

Wide Nepal News
मङ्गलबार, असोज ०५, २०७८
कञ्चनपुरको भीमदत्त नगरपालिकाका २२ वर्षीय अंशु बर्मा टिकटक प्रयोगकर्ताका बीच परिचित छन्। कानुन बिषयको अध्ययन गरिरहेको बताउने बर्मा अभिनय कलाले नभई टिकटकमा लाइभ गरेर परिचित भएका हुन्। सुरुवातमा उनी सामाजिक सञ्जाल टिकटकमा आफ्नो अभिनय कला नै प्रस्तुत गर्थे। ‘सुरुमा त टिकटक लाइभबारे जानकारी नै थिएन, अभिनय कला मात्रै प्रस्तुत गर्थे,’ एक अन्तर्वार्तामा बर्माले भनेका छन्, ‘तर साथीहरुले सुझाव दिएपछि लाइभ बस्न थालेको हुँ। लाइभबाट आम्दानी हुन्छ भन्ने पनि जानकारी थिएन्। तर अहिले टिकटक लाइभबाटै दैनिक एक लाख १५ हजार कमाइरहेको छु।’ उनले १४ महिनामा टिकटक लाइभबाट मात्रै डेढ करोड कमाएको दाबी गरे। ‘टिकटककै आम्दानीबाट कञ्चनपुरमा घर किनेको छु,’ उनले अगाडि भनेका छन्, ‘गाडी पनि किनेको छु। अनि छिट्टै काठमाडौँमा घर किन्ने योजना छ।’ टिकटकबाट भइरहेको आम्दानी सामाजिक कार्यमा पनि लगाएको बर्माको अनुभव छ। उनले कञ्चनपुरका अनाथालय र वृद्धाश्रममा पटकपटक आर्थिक सहयोग गरेको बताए।

प्रतिक्रिया