Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:४७

सहमति नजुट्दा बैतडीमा नेपाली काङ्ग्रेसको नयाँ नेतृत्वका लागि चुनाव हुने पक्का

Wide Nepal News
बुधबार, असोज ०६, २०७८
नेपाली कांग्रेस बैतडीको नयाँ नेतृत्वका लागि चुनाव हुने लगभग पक्का भएको छ । अधिकांश वडामा सहमतिमै नेतृत्व चयन गर्न सफल भएको बैतडी कांग्रेसले जिल्ला नेतृत्वका लागि भने सहमति गर्न सकेको छैन् । संस्थापन पक्ष र पौडेल पक्षले आ–आफ्ना उम्मेद्वार घोषणा गरी प्रचारप्रसारमा समेत जुटिसकेकाले सहमतिमा नेतृत्व चयन हुने सम्भावना सकिएको नेपाली कांग्रेसका महासमिति सदस्य उत्तरबहादुर ऐरले बताएका छन । दुवै समूहले आ आफ्ना उम्मेद्वार घोषणा गरि सकेकाले निर्वाचनबाटै नयाँ नेतृत्व आउने उनले दाबी गरे संस्थापन पक्षले पूर्व सभापति शिवराज भट्टको नेतृत्वमा प्यानल घोषणा गरेर प्रचारप्रसार थालेको छ । सो प्यानलमा वर्तमान सचिव बीरबहादुर बिष्ट र पूर्व उपसभापति हरिसिंह धामी उपसभापतिको उम्मेद्वार रहेका छन् । यस्तै युवा नेता रमेशसिंह भण्डारी र कर्ण बोहराले सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् । सो समूहबाट सहसचिवमा रमेश कोली र घनश्याम भट्टलाई अघि सारिएको छ । यता पौडेल पक्षले भने चतुरबहादुर चन्दलाई सभापतिका रुपमा यसअघि उम्मेद्वार घोषणा गरेर प्रचारप्रसार गरिरहेको छ । यो समूहले अन्य पदाधिकारी सहित आज प्यानल घोषणा गर्ने जिल्ला सचिव प्रेमबहादुर चन्दले जानकारी दिए । आफूहरुको टीममा सबै अटाउने भएकाले यो प्यानल साझा प्यानल भएको समेत उनले दाबी गरे । यस्तै पालिकाको नेतृत्वका लागि पनि सहमतिको सम्भावना कम रहेको नेताहरुले बताएका छन् । केही स्थानीय तहमा उम्मेद्वार घोषणा गरेका दुवै पक्षले केहीमा भने अझै उम्मेद्वारको टुंगो लगाउन सकेका छैनन् ।

प्रतिक्रिया