Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:४५

काङ्ग्रेस महाधिवेशन : डिलासनी गाउँपालिका सचिवमा नेविसंघ नेता बिष्टद्वारा उम्मेदवारी घोषणा

Wide Nepal News
बिहिबार, असोज ०७, २०७८
गोकुलेश्वर : नेपाली काङ्ग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत असोज ९ गते हुने गाउँपालिका सम्मेलनका लागि नेपाल विद्यार्थी संघका युवा नेता अनिल कुमार विष्ट नेपाली काङ्ग्रेस डिलासैनी गाउँपालिका कार्यसमितिको सचिवमा उम्मेदवारी दिएका छन् । डेढ दशकदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा होमिएका युवा नेता विष्टले पहिलो पटक सचिवका लागि उम्मेदवारी दिएका हुन । वि.सं. २०६३ सालमा गोकुलेश्वर माध्यमिक विद्यालयबाट सक्रिय रूपमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा तय गरेका विष्टले विभिन्न समयमा दार्चुला, बैतडी हुँदै कञ्चनपुरसम्म विद्यार्थी आन्दोलनको नेतृत्व समेत गरेका छन् गत भदौ २१ , २२ गते वडा अधिवेशन सम्पन्न गरेको नेपाली काङ्ग्रेसको गाउँ/नगर अधिवेशन आगामी असोज ९ गते हुदैछ । महाधिवेशन कार्यतालिका अनुसार असोज १५ गते भित्र गाउँ/ नगर, क्षेत्रीय अधिवेशन हुँदै १५ र १८ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने तथा कार्तिक १०, ११ र १२ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गरि आगामी मंसिर ९, १०, ११, १२ र १३गते काठमाडौमा केन्द्रिय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको नेपाली काङ्ग्रेसले जनाएको छ ।

प्रतिक्रिया