Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:४२

बैतडी व्यापारी हत्या प्रकरणः मदिराको तालमा झडप भएपछि फलामको पाईपले हानेर हत्या

Wide Nepal News
शुक्रबार, असोज ०८, २०७८
बैतडीमा व्यापारी कमलसिंह महराको हत्या भएको पुष्टी भएको छ। हत्याको आशंकामा प्रहरीले पक्राउ गरेकाहरुले हत्या गरेको स्वीकार गरेपछि हत्या भएको पुष्टी भएको हो। बिहीबार बिहान सुर्नया गाउँपालिका–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा मृत फेला परेका थिए। कमलसिंहको टाउको, छाती र शरिरका अन्य भागमा चोट देखिएको थियो। घटनामा संलग्नता रहेको आशंकामा प्रहरीले सातजनालाई पक्राउ गरेको थियो। प्रहरी स्रोतका अनुसार अपराधीले बयानमा बुधबार राति सँगै रक्सी पिएको र विवाद पैदा भई झडप हुदा घटना घटेको बताएका छन्। महराको टाउकोमा खानेपानीको फलामे जिआई पाईपले हानेर हत्या गरिएको बताईएको छ। -दिनेशखबर बाट 

प्रतिक्रिया