Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:५६

पिथौरागढमा नेपाली बालिकालाई बलात्कार गर्ने युवकलाई भारतको अदालतद्वारा फाँसीको सजाय

Wide Nepal News
शनिबार, असोज ०९, २०७८
भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा नेपाली बालिकामाथि बलात्कार गर्ने एक युवालाई भारतको अदालतले फाँसीको सजाय सुनाएको छ। चार बर्षीया सौतेली बहिनीलाई बलात्कार गरेको आरोपमा पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ बर्षीय युवालाई त्यहाँको अदालतले फाँसीको सजाय सुनाएको हो । भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए। गाउँमा बुवाआमाको मृत्युपछि सौतेली बहिनी दाईसँग पिथौरागढमा बस्दै आएको बताइएको छ।पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरि अदालतमा आरोप पत्र दर्ता गरेका थिए। प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा.ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले हिजो (शुक्रबार) आरोपीलाई फाँसीको सजाय सुनाएको हो। उक्त सजाय भारतीय अपराध दण्ड संहिताको धारा ३७६ ए र बी अनुसार सुनाइएको जनाइएको छ।

प्रतिक्रिया