Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:४५

दार्चुलामा धामी (क्षेत्री) उत्थान तथा विकास समाजद्वारा भक्तजनलाई फलफुल वितरण

Wide Nepal News
मङ्गलबार, असार २८, २०७९
काठमाडौं : धामी (क्षेत्री) उत्थान तथा विकास समाज दार्चुलाको आयोजनामा यतिबेला मालिकार्जुन मन्दिर परिषर नजिक फलफूल बितरण कार्यक्रम भइरहेको छ  । विगतमा झैं जिल्लामा हरेक बर्षको असार शुक्ल चतुर्दशीका दिन लाग्ने मालिकार्जुन-शैल्यशिखर पूजन जात्राको अवसरमा पूजापाठका लागि पाल्नुहुने श्रद्धालु भक्तजनलाई निशुल्क फलफुल वितरण कार्यक्रम गरिएको  धामी (क्षेत्री) उत्थान तथा विकास समाज दार्चुलाले जनाएको छ । धामी (क्षेत्री) उत्थान तथा विकास समाज दार्चुलाको आयोजनामा विगतका बर्षहरुमा समेत शिखरधाम पुजनको अवसरमा भक्तजनलाई फलफुल वितरण गरिएको तथा सोही कार्यक्रमलाई निरन्तरता दिइएको समाजका संस्थापक सदस्य दिवानसिंह धामीले जानकारी दिएका छन् । अहिले मालिकार्जुन मन्दिर परिषरमा दार्चुला जिल्लास्थित शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामी तथा मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरासिंह धामीसहित अन्य जनप्रतिनिधी एवं स्वयंसेवकहरुले पूजापाठ गरि शिखरधामबाट फर्किरहेका भक्तजनलाई फलफूल वितरण गरिरहेका छन् ।

प्रतिक्रिया