Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:४८

राष्ट्रिय प्रजातन्त्र पार्टीको डिलासैनी गाउँ कार्यसमिति अध्यक्षमा युवा नेता माल सर्वसम्मत चयन

Wide Nepal News
आइतबार, असोज १०, २०७८
गोकुलेश्वर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को डिलासैनी गाउँपालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी डिलासैनी गाउँपालिकाको (आज) भएको गाउँ अधिवेशनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता धनसिंह माल (भुपेन्द्र) को अध्यक्षतामा ४० सदस्यीय गाउँ कार्यसमिति चयन गरिएको राप्रपा डिलासैनीले जनाएको छ । राप्रपाको नयाँ गाउँ कार्यसमितिमा अध्यक्ष माल सहित उपाध्यक्षमा जानकी बोहरा, धौलसिंह राना र सर्वसम्मत चयन भएका छन । त्यसैगरी सचिवमा द्रोपती बडू, सहसचिवमा उद्दब हुड्के र कोषाध्यक्षमा जनक बहादुर बोहरा सहित ४० सदस्यीय गाउँ कार्यसमिति चयन गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता देबेन्द्र मालले जानकारी दिएका छन् ।  

प्रतिक्रिया