Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:३५

नेपाली काङ्ग्रेसको शैल्यशिखर नगर सभापतिमा मोहनसिंह साउँद सर्वसम्मत चयन

Wide Nepal News
आइतबार, असोज १०, २०७८
दार्चुला : नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन अन्तर्गत शैल्यशिखर नगरपालिकाको नगर सभापतीमा मोहनसिंह साउँद चयन भएका छन् । शनिबार उद्घाटन भएको अधिवेसन अन्तरगत दुई दिन लामो प्रयासपछि साउँदलाई सभापती चयन गर्न सहमती जुटेको नेपाली कांग्रेश शैल्यशिखर नगरपालिकाले जनाएको छ । आइतबार विहान १० बजेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्ने तयारी भएपनि नेताहरुले सहमतीमै जोड दिएपछि निर्वाचन नभएको बताइएको छ । शैल्यशिखरको नगर समिति सभापतीका लागि जगदिश बहादुर बिष्ट, मोहनसिह साउद, रामदत्त जोशी, लक्ष्मणसिह डागाले उम्मेदवारी दर्ता गरेका थिए । यस्तै उपसभापतीमा मानसिह खडायत, गोबिन्द प्रसाद जोशी, अशोकसिह धामी, महेशसिह बिष्टको उम्मेदवारी छ । सचिवमा सुरेशसिह बिष्ट, जनकराज जोशी, तिलकबहादुर पाल, सहसचिव देबदत्त जोशी, डम्बरसिह ठगुन्ना, नविन पार्कीको उम्मेदवारी परेको छ । सभापतीमा मोहनसिंह साउदलाई चयन गर्ने सहमती जुटेको र बाँकी पदाधिकारीहरुको विषयमा छलफल तथा सहमतीको प्रयास भइरहेको बताइएको छ । दुहुँ गाउँपालिका, व्यास गाउँपालिका र महाकाली नगरपालिकामा भने निर्वाचन भएको छ । दार्चुलाको नौँ वटै स्थानीय तहमा शनिबार नै अधिवेसन उद्घाटन भएको थियो । यसअघि कांग्रेश दार्चुलाका अनुसार नौगाड गाउँकार्यसमिति सभापतीमा प्रेमसिह धामी, मालिकार्जुन गाउँपालिका सभापतीमा किसन सामन्त, अपिहिमाल गाउँपालिका सभापतीमा शोभानसिह लोथ्याल र मार्मा गाउँपालिका सभापतीमा धनन्जय जोशी सर्वसहमतीमै सभापती चयन भएका छन् । लेकम गाउँपालिकामा निर्वाचनमार्फत मोहनदेब जोशीलाई पराजित गर्दै वडा नम्बर ६ का वडाअध्यक्ष समेत रहनुभएका कमलापती मिश्र सभापती चयन भएका छन्  ।

प्रतिक्रिया