Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:४५

सचेतना फैलाउन दार्चुलाका विद्यालयमा प्रहरीको कक्षा

Wide Nepal News
बिहिबार, असोज १४, २०७८
दार्चुलामा प्रहरीले विद्यालयमा जनचेतनामूलक कक्षा संचालनमा ल्याएको छ । विद्यार्थीलाई दुव्र्यसनबाट जोगाउन तथा सचेतना प्रदान गर्ने उद्देश्यले पढाउन थालेको हो । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुधबार प्रहरीले महेन्द्र नमूना मावि कक्षा ९ र १० का विद्यार्थीलाई जनचेतनामूलक शिक्षा सिकाएको हो । प्रहरी निरीक्षक माधव विश्वकर्माको नेतृत्वमा गएको टोलीले बालबालिकालाई लागू औषध दुव्र्यसन, बालविवाह, साइवर अपराध जस्ता विषयमा सचेतनामूलक सन्देश सिकाएको छ । पछिल्लो समय सामाजिक सञ्जालका कारण अपराधका घट्ना बढ्ने गरेको भन्दै प्रहरीले बालबालिकालाई सचेतनामूलक सन्देश दिन थालेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विश्वकर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया