Wide Nepal News शनिबार ०६, बैशाख २०८२ ०४:५४

कांग्रेसले टुंग्यायो मन्त्री : कानुनमन्त्री बने बडु

Wide Nepal News
शुक्रबार, असोज २२, २०७८
प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्री देउवाले झन्डै तीन महिनापछि आज मन्त्रिपरिषद विस्तार गरेका हुन्। गठबन्धनबाट नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए। स्रोतका अनुसार दार्चुलाका सांसद दिलेन्द्रप्रसाद बडुलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । रामचन्द्र पौडेल पक्षबाट बडु मन्त्रीमा टुङ्गो लागेका हुन् । कांग्रेसबाट शुक्रबार डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी र उमाकान्त चौधरी मन्त्री बन्ने भएका हुन् । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा रहेका ज्ञानेन्द्रबहादुर कार्की भने अब सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्ने भएका स्रोतले बताएको छ । त्यस्तै रिजालले रक्षा र बडुले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्नेछन् । कांग्रेसको भागमा सात मन्त्री र एक राज्यमन्त्री परेको छ । यसअघि तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् । कांग्रेसको भागमा परेको खानेपानी मन्त्रालयको नेतृत्व उमाकान्त चौधरीले गर्ने भएका छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी भएकी छन् ।

प्रतिक्रिया