Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:५१

दार्चुला : जुवाखालमा प्रहरीको छापा, नगदसहित १२ जुवाडे पक्राउ

Wide Nepal News
आइतबार, असोज २४, २०७८
दार्चुला : जिल्ला सदरमुकाम खलंगास्थित तिकंरखेडाका स्थानीय प्रेमसिंह बुढाथोकीको घरबाट ठूलो रकमसहित १२ जुवाडे पक्राउ परेका छन् । घरभित्र जुवा खेल भइरहेको विषेश  सूचनाको आधारमा छापा हान्दा  १२  जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका  प्रमुख  प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्मा नेतृत्वको टोलीले जुवाघरमा छापा हान्दा  जुवाखालबाट  २ लाख ३७ हजार ३ सय ९७ रुपैँया, ११ थान मोबाइल सेट, १३ गड्डी तास, ६ थान कुर्सी, ४ थान स्टुल, १ थान काठको टेबुल, १ थान गलैचा, २ थान प्लेजर, १ थान कार्पेट र खाली पर्स ७ थान फेला परेको  प्रहरी नायव उपरीक्षक भट्टले बताए । दार्चुला सदरमुकाम खलंगामा विगतदेखि नै जुवाखेल हुने गरेको छ । प्रहरीले लामो समयदेखि निगरानी गर्दैै आएको र  आइतबार छापा हानेको  प्रहरी नायव उपरीक्षक  भट्टले बताए । जुवाडेहरुसंग सोधपुछ तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय  दार्चुलाले  जनाएको छ । - सारथी खबरबाट 

प्रतिक्रिया