Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:५३

गोकुलेश्वरमा सञ्चालित १८ अटोरिक्सालाई कारबाही, ३ अटो मात्रै सञ्चालनमा रहने

Wide Nepal News
सोमबार, असोज २५, २०७८
दार्चुला : जिल्लाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा सञ्चालित २१ अटोरिक्सा मध्ये १८ वटा अटो कारबाहीमा परेका छन् । अटोरिक्सा अनुमतिपत्र बिना सञ्चालनमा रहेका १८ अटोहरुलाई सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर आसपासको क्षेत्रमा सञ्चालित २१ वटा अटोमध्ये ३ वटा अटो मात्रै चल्ने भएका छन् । २१ मध्ये ३ वटा अटो चालकसंग मात्रै सवारी चालक अनुमति पत्र (लाइसेन्स) रहेकाले उनिहरुलाई मात्रै चल्न दिने प्रहरीले जनाएको छ । बिना चालक अनुमति पत्र संचालनमा रहेका बाकी १८ अटोलाई जरिवाना गरी संचालनमा रोक लगाइएको डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिएका छन् । शैल्यशिखर नगरपालिकाले अटो संचालनका लागी रुट परमिट जारी गरे पछि २०७७ फागुन देखी गोकुलेश्वरमा अटो संचालनमा आएका थिए । यातायात कार्यालयले पहाडी जिल्लाहरुमा अटो संचालनका लागि परमिट दिएको छैन् । नगरपालिकाले परमिट दिएपछि गोकुलेश्वरमा धमाधम अटो भित्रिएका हुन् । डिएसपी भट्टका अनुसार, सवारी चालक अनुमति पत्र भएका ३ वटा अटो निरन्तर चल्ने छन्, भने बाकी १८ वटा अटो सवारी चालक अनुमति पत्र नल्याउदा सम्म चल्न दिइने छैन् । बिना अनुमति पत्र संचालन गरेको पाइए कारबाही गरिने उनको भनाई छ । अटोमा पिकअप निकै कम हुने भएका कारण यातायात कार्यालयले तराईका जिल्लाहरुमा मात्रै परमिट जारी गर्ने गरेको र पहाडी क्षेत्रमा जोखिम बढी हुने गरेको ट्राफिक प्रहरीले बताएका छन् ।

प्रतिक्रिया