Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:०८

दार्चुलाको सर्वाधिक धनराशिको 'मालिकार्जुन प्रिमियर लिग' आयोजना हुँदै

Wide Nepal News
मङ्गलबार, असोज २६, २०७८
दार्चुला : दोस्रो संस्करणको मालिकार्जुन प्रिमियर लिग (एमपीएल) क्रिकेट प्रतियोगिता कार्तिक ८ गतेदेखि आयोजना हुने भएको छ । दिपेन्द्र धामी स्मृति प्रतिष्ठानको आयोजनामा हुने एमपीएल प्रतियोगिता कार्तिक ८ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। दार्चुला जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता महाकाली नगपालिका वडा नम्वर ९, दत्तुस्थित सकार क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा सहभागिता जनाउन कार्तिक ६ गतेसम्म टिम दर्ताको समय रहेको छ । प्रतियोगिताको उपाधी विजेताले १ लाख ५१ हजार १५१ रुपैया पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५५५ रुपैया पाउने छन् । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदबाट अनुमति प्राप्त गरिसकेको र प्रतियोगिताका उत्कृष्ट १५ जना खेलाडीहरुलाई छात्रवृति सहित खेलकुदमा अगाडि बढाइने आयोजक माधव धामीले जानकारी दिएका छन् । प्रतियोगितामा वेष्ट बलरलाई ३ हजार ५ सयसहित ट्रफी, बेष्ट ब्याट्सम्यान ३ हजार ५ सयसहित ट्रफी र उदयमान खेलाडीलाई ७ हजार ५ सय पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया