Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:०१

दोस्रो संस्करणको 'पन्ज्युनयाँ टि-२० क्रीकेट कप' भोलिदेखि

Wide Nepal News
शनिबार, कार्तिक ०६, २०७८
गोकुलेश्वर : बैतडीको दोगडाकेदार गाउँपालिका ६, पन्ज्युनयाँमा दोस्रो संस्करणको पन्ज्युनयाँ टी-२० क्रीकेट कप आइतबार (भोलि) देखि आयोजना हुने भएको छ । सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा संचालन हुन गइरहेको प्रतियोगिताको उपाधि विजेताले ७७ हजार ७७७ नगद पुरस्कार सहित ट्रफी,  मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले ३३ हजार ३३३ पुरस्कार पाउनेछ। यसका साथै म्यान अफ द सिरिजलाई पाँच हजार ५५५, बेस्ट बलर र बेस्ट ब्यास्टम्यानलाई समान रु. तीन हजार ३३३ पाउने क्लबका सचिब जगदीश कार्कीले जानकारी दिए । दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँस्थित पन्ज्युनयाँ खेल मैदानमा सञ्चालन हुने तथा प्रतियोगिता संन्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ। यसअघि गतवर्ष सम्पन्न भएको पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि फाइनलमा कैलपाल क्रिकेट क्लबलाई पराजित गर्दै दोगडास्टार क्लबले हात परेको थियो।

प्रतिक्रिया