Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:०७

उत्तराखण्डका मुख्यमन्त्री धामीद्वारा धारचुलाका बाढी, पहिरो प्रभावित क्षेत्रको अवलोकन

Wide Nepal News
शनिबार, कार्तिक ०६, २०७८
भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुस्करसिह धामी बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकलन तथा प्रभावित संग भेटघाटका लागि शनिबार भारतको धारचुला पुगेका छन् । केहि दिनअघि बेमौसमि बर्षादका कारण प्रभावित १२ परिवारलाई मुख्यमन्त्री धामीले  २३ लाख भारतीय रुपैयाँ  राहत स्वरुप चेक हस्तान्तरण गरेका छन् । बाढी पहिरो पिडितहरुलाई भेटेर धामीले आवस्यक राहत दिने आस्वासन दिएको पिथौरागढ प्रशासनले जनाएको छ । धारचुला तहशिल तथा पिथौरागढ जिल्ला सदरमुकाममा अधिकारीहरुको बैठक राखेर तत्काल राहत, पुर्नवास तथा पुर्ननिर्माण कार्यमा जोड दिन निर्देशन दिएका छन् । बाढी पहिरो प्रभावित क्षेत्रहरुमा खाद्यान्न सहित आवस्यक सामानको आपुर्तीमा समेत मुख्यमन्त्री धामीले जोड दिएका छन् । पिथौराढ जिल्ला अधिकारी डा. आशिष चौहानले मुख्य मन्त्री धामीलाई बाढी पहिरोले गरेको क्षती, राहत तथा उद्धारबारे जानकारी गराएको पिथौरागढ प्रशासन स्रोतले जनाएको छ । जिल्ला अधिकारी चौहानले तीन दिनको बर्षादले पिथौरागढका १ सय ८ सडक क्षतीग्रस्त भएको जसमध्ये हाल ६६ सडक सुचारु गरिएको मुख्य मन्त्री धामीलाई जानकारी गराएका छन् । मुख्य मन्त्रीको भ्रमण दलमा खानेपानी मन्त्री विशनसिंह चुफाल, शिक्षा, स्वास्थ तथा विपद व्यवस्थापन मंत्री धनसिंह रावत, पिथौरागढ़का विधायक चंद्रा पंत, गंगोलीहाटका विधायक मीना गंगोला, पिथौरागढ जिला पंचायत अध्यक्ष दीपिका बोहरा, पिथौरागढ नगर पालिका अध्यक्ष राजेन्द्र रावत , जिलाधिकारी डा. आशीष चौहान, पुलिस अधीक्षक लोकेश्वर सिंह लगायतको सहभागिता रहेको थियो । - कालापानी न्यूजबाट

प्रतिक्रिया