Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:३६

देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति

Wide Nepal News
बुधबार, असार २९, २०७९
श्रीलंकाका राष्ट्रपतिले देश छाडेका छन्। श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका छन्। ७३ वर्षीय राजपक्षे माल्दिभ्सको राजधानी माले पुगेका छन्। स्थानीय समयानुसार बुधबार बिहान ३ बजे उनी त्यहाँ पुगेको बीबीसीले जनाएको छ। श्रीलंकाको वायुसेनाले राजपक्षे आफ्नी श्रीमती र दुई सुरक्षा अधिकारीहरूका साथ माल्दिभ्सतर्फ उडेको पुष्टि गरेको छ। राजपक्षे भागेसँगै श्रीलंकामा दशकौँदेखि चल्दै आएको एक परिवारको शासनको अन्त्य भएको छ। गएको शनिबार त्यहाँका प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका थिए। त्योसँगै राजपक्षे अज्ञातस्थलमा लुकेका थिए। उनी अमेरिका जाँदै गरेको बताइएको छ । राष्ट्रपति भागेपछि केही प्रदर्शनकारीले खुशीयाली मनाएका छन्।

प्रतिक्रिया