Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:०६

बैतडीका ब्याडमिन्टन खेलाडीद्वय कार्की र भट्टलाई भारतमा उपाधि

Wide Nepal News
सोमबार, कार्तिक ०८, २०७८

भारतको उत्तराखण्डस्थित पिथौरागढमा सम्पन्न ब्याड्मिन्टन टुर्नामेन्टको उपाधि नेपाली टिमले हात पारेको छ । एजुकेशन ब्याड्मिन्टन टुर्नामेन्टको चौथो संस्करणको उपाधी बैतडीका सुरेन्द्र कार्की र महेश भट्टले हात पारेका हुन् ।

कार्की नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय, अत्तरियामा कार्यरत छन् भने भट्ट पाटन नगरपालिकामा कार्यरत छन् । फाइनलमा भारतीय खेलाडी भरत देउपा र शेखर पुनेडाको जोडीलाई पराजित गरेका हुन् ।

प्रतियोगिताको ‘३५ प्लस मार्टर्स’ समूहमा नपाली खेलाडी कार्की र भट्टले २१–१६ र २१–९ को सोझो सेटमा भारतीय खेलाडीलाई पराजित गरेका थिए ।

अक्टुबर २३, २४ र २५ गतेसम्म चलेको ब्याड्मिन्टनमा मोहित भण्डारी, कैलास थापा, आनन्द थापा र सन्तोष कनौजिया सेमी फाइनलबाट बाहिरिए । प्रतियोगितामा बैतडीबाट १२ जना खेलाडी सहभागि थिए ।

प्रतिक्रिया