Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०९:४९

१२औं राष्ट्रिय जनगणना : दार्चुलामा १ सय ८३ गणक छनोट (सूचिसहित)

Wide Nepal News
मङ्गलबार, कार्तिक ०९, २०७८
दार्चुला : 'मेरो गणना, मेरो सहभागीता’ भन्ने नारा अन्तर्गत देशभर १२औं राष्ट्रिय जनगणना २०७८ को तयारी तिव्र पारिएको छ । यसैबिच राष्ट्रिय जनगणना कार्यालय दार्चुलाले जिल्लाका दुई नगरपालिका तथा सातवटा गाउँपालिकाका १ सय ८३ जना गणकको नाम सार्वजनिक गरेको छ । जिल्ला जनगणना कार्यालय दार्चुलाका अनुसार जिल्लाको महाकाली नगरपालिकामा सबै भन्दा बढि ३८ जना गणकको नाम सार्वजनिक गरिएको जनाएको छ । जिल्ला जनगणना कार्यालय दार्चुलाका जिल्ला जनगणना अधिकारी पदम राज पाण्डेका अनुसार जिल्लाको शैल्यशिखर नगरपालिकामा ३१ जना व्यासँ गाउँपालिका दुहुँ गाउँपालिकामा समान १३/१३ जना तथा मालिकार्जुन गाउँपालिका लेकम गाउँपालिका तथा नौगाड गाउँपालिकामा पनि समान २०/२० जनाको नाम सार्वजनिक भएको बताउनु भयो । यस्तै मार्मा गाउँपालिकामा १९ जना अपि हिमाल गाउँपालिकामा ९ जनागरी जिल्लाभरीबाट १ सय ८३ जनाको नाम सार्वजनिक गरिएको बताइएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको थियो । सफल भएका उमेदवारहरुले जिल्लाको व्यासँ, दुहु ,महाकाली तथा नौगाड गाउँपलिकाका उमेदवारहरुले यहि कार्तिक ११ र १२ गते जिल्ला जनगणना कार्यालयमा सम्पर्कगरी नियुक्तिm बुझन आग्रह गरेको छ । यस्तै अपि हिमाल गाउँपालिका मार्मा गाउँपालिका तथा शैल्यशिखर नगरपालिकाका सफल भएका उमेदवारहरुले कार्तिक १२ गते स्थानीय जनगणना कार्यालय गोकुलेश्वरबाट नियुक्ति बुझ्न भनिएको छ । मालिकार्जुन गाउँपालिका तथा लेकम गाउँपालिकाका सफल भएका उमेदवारहरुले कार्तिक १२ गते नै स्थानीय जनगणना कार्यालय शंकपुर पस्तीबाट नियुक्ति बुझ्न आग्रह गरेको छ । व्यासँ दुहुँ महाकाली नौगाड गाउँपालिकाका उमेदवारहरुले कार्तिक १३ गते देखि १६ गते सम्म हुने गणक तालिममा सहभागिता हुनुपर्ने जनाएको छ । अपि हिमाल गाउँपालिका मार्मा गाउँपालिका शैल्यशिखर नगरपालिकाका उमेदवारहरुले गोकुलेश्वर तथा मालिकार्जुन लेकम गाउँपालिकाका उमेदवारहरुले शंकरपुरपस्तीमा हुने गणक तालिममा सहभागिता हुनुपर्ने जिल्ला जनगणना कार्यालय दार्चुलाले जनाएको छ । छनोट भएका उमेदवारहरुले दार्चुला जिल्लाका प्रत्येक घरधुरीहरुमा गई आवश्यक प्रश्नावली भर्ने बताइएको छ । राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौँ जनगणना हो । नेपालमा वि.सं. १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो ।

प्रतिक्रिया