तीन दिनसम्म आयोजना गरिएको शिव महोत्वसमा विभिन्न धार्मिक, साँस्कृतिक तथा खेलकुदका कार्यक्रमहरु गरिने तालिका छ। जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर सिह कार्कीले नेपाल भारतको धार्मिक/सामाजिक परिवेश एउटै भएकाले महोत्सवको त्यति ठुलो अर्थ नभएपनि सरकारले अतिक्रमित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नेपाली भएको महशुस गराउन विषेश कार्यक्रम ल्याउनुपर्ने बताए।
पछिल्लो समय नेपाल सरकारले नयाँ नक्सा जारि गर्दै गुञ्जी, कुटी र नाविगाउँ लगायत लिम्पियाधुरा क्षेत्र समाबेश गरि नयाँ नक्सा सार्वजनिक गरेपनि प्रशासनिक अधिकार भने कायम गर्न सकेको छैन।
- दिनेशखबर बाट
प्रतिक्रिया