Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:२९

उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत संचालित ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिष्ट र कुँवरलाई

Wide Nepal News
आइतबार, कार्तिक १४, २०७८
दार्चुला : इलाका प्रहरी कार्यालय गोकुलेश्वरको आयोजनामा संचालित ब्याडमिन्टन प्रतियोगिताको उपाधि ब्याडमिन्टन खेलाडीद्वय प्रकाश बिष्ट र टेक बहादुर कुँवरको जोडीले हात पारेका छन् । इलाका प्रहरी कार्यालय गोकुलेश्वरले आयोजना गरेको उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत गत कार्तिक १२ गते (शुक्रबार)देखि संचालित ब्याडमिन्टन प्रतियोगिताको फाइनल खेलमा खेलाडीद्वय सन्तोष भण्डारी र सुरेन्द्र खड्काको जोडीलाई पराजित गर्दै उपाधि हात पारेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख एवं प्रहरी निरीक्षक अरूण बमले जानकारी दिएका छन् । उपाधि विजेता प्रकाश बिष्ट गोकुलेश्वरका युवा उद्यमी हुन् भने अर्का खेलाडी टेक बहादुर कुँवर इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत प्रहरी सहायक निरीक्षक समेत हुन् । विजेता टोलिलाई शनिबार एक समारोहका बिच पुरस्कृत गरिएको प्रहरी निरीक्षक बमले बताए । शुक्रबार र शनिबार गरि दुइ दिनसम्म संचालित प्रतियोगितामा जम्मा ६ टोलिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया