Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:२६

माधवकुमार नेपाल भोलि हेलिकप्टरमार्फत गोकुलेश्वर आउँदै

Wide Nepal News
मङ्गलबार, कार्तिक २३, २०७८
दार्चुला : पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल (मङ्गलबार) भोलि दार्चुलाको शैल्यशिखर नगरपालिका ९, स्थित गोकुलेश्वर आउने भएका छन । गोकुलेश्वरमा हुने नेकपा एकीकृत समाजवादीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष नेपाल गोकुलेश्वर आउने कार्यक्रम रहेको एकीकृत समाजवादी पार्टी दार्चुला जिल्ला इन्चार्ज नरेन्द्र बिष्टले 'वाइड नेपाल न्यूज'लाई जानकारी दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भोलि डडेल्धुरा हुदै गोकुलेश्वर आउने कार्यक्रम तय भएको छ । नेकपा एमालेबाट विभाजन भइ बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसङ्गै संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी, एकीकृत समाजवादीका सुदूरपश्चिम इन्चार्ज गरिमा शाह लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको दार्चुला जिल्ला इन्चार्ज बिष्टले बताएका छन् । अध्यक्ष नेपाल सहित पार्टीका अन्य नेताहरू बुधबार (भोलि) दिउँसो १ बजेतिर हेलिकप्टरमार्फत गोकुलेश्वर आउने बताइएको छ ।

प्रतिक्रिया