Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०९:५८

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्युु

Wide Nepal News
आइतबार, मङि्सर ०५, २०७८
बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल तर्फ जाँदै गरेको म १ ज  ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको हो । आइतबार राती साढे आठ बजेतिर भएको जिप दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार जीपमा सवार रहेका सात जना मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ बर्षीय धनबहादुर चन्द, ६५ बर्षीय प्रेमबहादुर चन्द, ६५ बर्षीय तारासिंह थापा र ५८ बर्षीय खेमसिंह कार्की रहेका छन् । दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय हर्कबहादुर चन्द र जीप चालक डडेल्धुरका ४० बर्षीय दीपक माली गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि घनगढी रेफर गरिएको छ । जिप सडकबाट ५सय मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया