Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:०८

काङ्ग्रेस महाधिवेशन अन्तर्गत दार्चुलामा मतदान सकियो , राती ९ बजेपछि मतगणना गर्ने तयारी

Wide Nepal News
बिहिबार, मङि्सर ०९, २०७८
नेपाली काँग्रेस दार्चुलाको सातौँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । बिहान साढे एघार बजेबाट सुरु भएको मतदान बेलुकी साढे ६ बजे सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । कूल मतको ९२ प्रतिशत मत खसेको निर्वाचन अधिकृत देवराज अवस्थीले जानकारी दिएका छन् । कूल १ हजार ४३ मतदातामध्ये ९ सय ५६ जनाले मतदान गरेको उनले बताए । दार्चुला जिल्लाको क्षेत्र नम्बर (क) का ४ सय ५६ मतदाता मध्ये ४ सय १८ मतदाताले नेतृत्व चयनका लागि मतदान गरेका छन् । यस्तै क्षेत्र नम्बर (ख) का ५ सय ८७ मध्ये ५ सय ३८ मतदाताले मतदान गरेको उनले बताए । मतगणना राती ९ बजेबाट सुरु गरिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन पश्चात जिल्ला कार्य समिति ४२ र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २५ जना चयन हुनेछन् । ४२ जना जिल्ला कार्य समितिका लागि ६६ र २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५९ जनाले चुनाव लडेका हुन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महिला प्रत्यक्ष तर्फ यसोदा तिंकरी, शान्ति देवी बम, राजमती पाल, ईश्वरी जोशी र नन्दा बमले उम्मेदवारी दर्ता गराएका थिए । यस्तै महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुल्ला पुरुषबाट दान बहादुर विष्ट, लाल बहादुर धामी, अम्भा दत्त जोशी, विक्रम सिंह धामी, गणेश राज भट्ट, लोकेन्द्र सिंह लोथ्याल, कर्ण बहादुर बम, जगदिश बहादुर पाल, सुरेन्द्र प्रसाद अवस्थी, महादेव बडू, धिरेन्द्र साउँद, गौरीशंकर गिरी, नन्दन सिंह बडाल, शम्भु प्रसाद जोशी मान सिंह बुढाथोकी, इन्जिनियर जयराज विष्टले उम्मेदवारी दर्ता गराएका थिए । यसैगरी केशव सिंह भण्डारी, नरेन्द्र सिंह धामी, दिलिप सिंह बुढाथोकी, मदन गिरी, हरक सिंह विष्ट, चन्द्र सिंह सामन्त, गणेश सिंह बुढाथोकी लाल सिंह धामी, गोपाल दत्त जोशीले उम्मेदवारी दर्ता गराएका थिए । महाधिवेशन प्रतिनिधि खसआर्य खुल्ला समानुपातिक पुरुषबाट १४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । ५ जना को प्रतिनिधित्व मात्रै रहेको उक्त पदमा पुर्ण सिंह बोहरा, करविर सिंह कार्की, रमेश दत्त भट्ट, सुरेन्द्र बहादुर बम, कर्ण बहादुर खडायत, सुरेन्द्र अवस्थी, वीर सिंह शाहु, गणेश दत्त जोशी,  दिवाकर जोशी, गोकर्ण बहादुर चन्द, कृष्ण प्रसाद भट्ट छत्ती, मोहन देव पन्त, पदमराज पन्त र धन सिंह जागरी गरी १४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । यस्तै महाधिवेशन प्रतिनिधि दलितमा गोर्वधन कोली सर्वसम्मत चयन भएका छन् । महाधिवेशन प्रतिनिधि अपाङ्ग अल्पसंख्यकबाट विष्णु दत्त मिश्र, बासु देव ऐतवाल, चक्र सिंह ह्याकी, ओम प्रकाश तिंकरी, विनोद सिंह बोहरा र केशव राज बडूले उम्मेदवारी दर्ता गराएका थिए । अपाङ्ग अल्पसंख्यक पदमा १ जनाको मात्रै सिट छ । दार्चुलाबाट २५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । यसैबीच जिल्ला कार्य समितिको सभापति पदका लागि वर्तमान सभापति ललित सिंह बोहरा र उपसभापति अमर सिंह धामीले उम्मेदवारी दर्ता गराएका छन्, भने उपसभापति पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उपसभापतिका लागि उमेश सिंह खत्री, महादेव बडू कश्यप, मान बहादुृर बम, ललित सिंह ठगुन्ना, लाल सिंह धामी र सन्तोष कुमार सिंह ऐतवाल प्रतिष्पर्धा गर्दैछन् । यस्तै सचिव पदका लागि देव सिंह धामी, पुलेन्द्र बहादुर कार्की, महेन्द्र प्रसाद बडू, महेश सिंह धामी, माधवराज भट्ट, विर सिंह डडाल प्रतिष्पर्धा गर्नेछन् । सहसचिव पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमा जयानन्द जोशी, राजु अवस्थी, राजेन्द्र प्रसाद जोशी र सन्तोष दयाली छन् । यसैगरी जिल्ला कार्यसमिति सदस्य पद गाउँपालिका र नगरपालिकाबाट २० जनाका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । खसआर्यबाट जिल्ला कार्य समिति सदस्यमा ७ जना आउने छन् । जिल्ला कार्य समिति महिला सदस्यमा भने पद संख्या भन्दा कम उम्मेदवारी परेको थियो । ४ जना महिला सदस्य रहने विधानमा व्यवस्था भए पनि ३ जनाको मात्रै उम्मेदवारी परेको छ । यस्तै २ जना दलित सदस्यका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । आदिवासी जनजातीबाट धिरन सिंह बुढाथोकीको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका छन्, भने अपाङ्ग अल्पसंख्यकमा २ जनाले प्रतिस्पर्धा गरेका हुन् ।

प्रतिक्रिया