Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:४२

दार्चुलाका सीमावर्ती स्थानीय तह शैल्यशिखर र नौगाडले गरे अन्तरपालिका समन्वय बैठक, सहकार्य गर्ने प्रतिबद्धता

Wide Nepal News
बिहिबार, असार ३०, २०७९
काठमाडौं । दार्चुलाका सीमावर्ती स्थानीय तहहरु शैल्यशिखर नगरपालिका र नौगाड गाउँपालिकाले संयुक्त रुपमा अन्तरपालिका स्तरिय समन्वय बैठकको आयोजना गरेका छन् । शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामीको अध्यक्षतामा शैल्यशिखर नगरपालिकामा आयोजना गरिएको अन्तरपालिका स्तरिय समन्वय बैठकमा नौगाड गाउँपालिका अध्यक्ष दलजीत सिंह धामी, शैल्यशिखर नगरपालिकाका उपमेयर शान्ती खडायत, नौगाड गाउँपालिका उपाध्यक्ष जगत ठगुन्ना लगायत दुइवटै स्थानीय तहका जनप्रतिनिधीहरुको सहभागिता रहेको नौगाड गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्र बोहराले जानकारी दिएका छन् । अन्तरपालिका स्तरिय समन्वय बैठकमा जनप्रतिनिधीहरुले आगामी दिनमा शैल्यशिखर नगरपालिका र नौगाड गाउँपालिकाले समन्वय तथा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दुइवटै स्थानीय तहका जनप्रतिनिधीहरुले पालिकाका सीमावर्ती स्थानमा स्वागत एवं धन्यवाद गेट निर्माण गर्ने, नौगाड खोलाका तटीय क्षेत्रमा तटबन्ध निमार्णका लागि आवस्यक बजेट विनियोजन गर्ने, आगामी दिनमा आवस्यकता अनुसार संयुक्त रुपमा विकास निर्माणका कार्यहरु गर्ने लगायतका निर्णय गरिएको नौगाड गाउँपालिकाले जनाएको छ । यसरी कुनै दुई स्थानीय तह बिच संयुक्त रुपमा अन्तरपालिकास्तरिय समन्वय बैठक बसि आवस्यक सहकार्य गर्ने निर्णय गरिएको सुदूरपश्चिममा पहिलो पटक भएको प्रवक्ता बोहराले बताए ।

प्रतिक्रिया