Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:१९

दार्चुला काङ्ग्रेस महाधिवेशन : सभापतिका उम्मेदवारद्वय धामी र बोहरा पक्षबिच मतगणनास्थलमा झडप

Wide Nepal News
बिहिबार, मङि्सर ०९, २०७८
नेपाली कांग्रेश दार्चुलाको मतगणनास्थल दार्चुला विकास संगठनको हल नजिक झडप भएको छ । सभापतिका उम्मेदवार ललितसिह बोहरा र अमरसिह धामी पक्षबिच झडप भएको हो । अमरसिह धामी पक्षका एक नेताका अनुसार बोहरा पक्षले धामी पक्षका कार्यकर्ताहरुलाई मतगणनास्थलमा प्रवेश गर्न नदिएपछि झडप भएको हो । झडपमा धामी पक्षका केहि कार्यकर्ताहरु घाइते भएका छन् । घाइते हुनेहरुमा राजेन्द्र बिष्ट, सुरेश बिष्ट, बसन्त बहादुर साउँद लगायत रहेको र उनिहरुलाई उपचारका लागि अस्पताल लगिएको स्रोतले बताएको छ । नेपाली कांग्रेश दार्चुलाको कार्यसमिति र महाधिवेसन प्रतिनिधिका लागि सहमति जुटन नसकेपछि नेतृत्व चयनका लागि आज निर्वाचन भएको हो । जिल्ला सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि गरेर १२५ नेताहरू चुनावी प्रतिस्पर्धामा छन । जिल्लाका प्रमुख नेताहरूनै चुनावी प्रतिस्पर्धामा भएकोले निर्वाचन प्रतिष्ठाको विषय समेत बनेको छ । दिउँसो १२ बजेदेखि सुरु भएको मतदान ६ बजे सम्पन्न भएको छ । कुल एक हजार ४२ मतदाता रहेकोमा ९५६ मत खसेको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीसहित ४२ सदस्यिय जिल्ला कार्यसमिति र २५ जना महाधिवेसन प्रतिनिधि गरेर ६७ जना पदाधिकारी चयनका ९५६ जनाले मतदान गरेका हुन् । मतदान सम्पन्न भइसकेको र मतगणना सुरु हुनेबेला दुबै पक्षबिच झडप भएको हो । धामी पक्षका अनुसार बोहरा पक्षबाट नियोजित हमला भएको हो । स्रोतका अनुसार बोहरा पक्षलाई अधिवेसनमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले समेत सहयोग गर्नुभएको छ । नेपाली कांग्रेशको सभापतिसहित ४२ सदस्यिय जिल्ला कार्य समितिका लागि ६६ जनाको उम्मेदवारी छ । यस्तै २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५९ जनाको उम्मेदारी परेको छ । महाधिवेसन प्रतिनिधिमा जिल्लाका प्रमुख नेताहरु चुनाव लडिरहेकोले कांग्रेशको निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ । दलित प्रतिनिधितर्फ गोबर्धन कोलीको मात्रै उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भइसक्नुभएको छ । अरु प्रतिनिधिहरुविच भने चुनावी प्रतिस्पर्धा भएको हो । कांग्रेश दार्चुलाको जिल्ला सभापतिमा एक जना, उपसभापतिमा २ जना, सचिवमा २ जना, सहसचिव २ जना, जिल्ला कार्य समिति सदस्यमा भूगोल र समावेसीसहित ४२ जना निर्वाचित हुनेछन् । काँग्रेस जिल्ला कार्यसमिति सभापतिका लागि ललितसिह बोहरा र अमरसिह धामीको उम्मेदवारी दर्ता भएको छ । बोहरा वर्तमान जिल्ला सभापति हुन भने धामी उपसभापति हुन् । सभापतिका उम्मेदवार बोहरा पौडेल पक्षमा खुलेको नेताहरुको दाबी छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू समेत पौडेल पक्षमै भएकोले बडूको सहयोगमा बोहरा सभापति बन्ने सम्भावना बलियो रहेको केहि नेताहरुको दाबी छ । सभापतिका अर्का उम्मेदवार धामी समेत विगतमा पौडेल पक्षमै रहेपनि यो पटक देउवा पक्षका मतहरु लिने र भूगोलको समेत प्रतिनिधित्व गरेर मतदाताहरुसंग सहयोग मागिरहेकोले भूगोर र आफु निकटका पौडेल पक्षका उम्मेदवारसंगै देउवा पक्षले साथ दिएमा धामी सभापतिमा निर्वाचित हुने सम्भावना समेत उत्तिकै बलियो रहेको स्रोतको भनाई छ । नेताहरुको प्रतिक्रियालाई आधार मान्ने हो भने सभापतिमा दुबै उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुनेछ । मन्त्री बडूले कुन उम्मेदवारलाई खुला वा मौन समर्थन गरेको भन्ने कुराले सभापति को बन्ने भन्ने कुरामा प्रभाव राख्ने नेताहरुको दाबी छ । दुबै पक्षबिच भएको झडपले कांग्रेशभित्र अस्वस्थ्य प्रतिस्पर्धा रहेको कुरालाई पुष्टि गर्ने नेताहरु बताउछन । - लोकदर्पणटिभीबाट साभार 

प्रतिक्रिया