Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:२०

नेपाली काङ्ग्रेस दार्चुलाको सभापतिमा ३ सय ११ मतान्तरले बोहरा निर्वाचित

Wide Nepal News
शनिबार, मङि्सर ११, २०७८
दार्चुला : नेपाली काङग्रेस दार्चुलाको सातौँ अधिबेशनबाट जिल्ला सभापतिमा ललितसिंह बोहरा निर्वाचित भएका छन् । जिल्ला सभापतिका अर्का उम्मेद्धवार अमरसिह धामीलाई ३ सय ११ मतान्तरले पराजित गर्दै बोहरा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । कुल ९ सय ५६ मत खसेकोमा बोहराले ६ सय २० मत प्राप्त गरेका छन् भने धामीले ३ सय ९ मत प्राप्त गरेका हुन् । यो संगै बोहरा पुनः काङग्रेस दार्चुलाको सभापतिमा दोहोरिएका छन् । विहिबार भएको निर्वाचनमा कूल १ हजार ४३ मतमध्ये ९ सय ५६ मत खसेको निर्वाचन अधिकृत देवराज अवस्थीले जानकारी दिएका छन् । दार्चुला जिल्लाको  क्षेत्र नम्बर (क) का ५ सय ८७ मध्ये ५ सय ३८ मत र क्षेत्र नम्बर (ख) का ४ सय ५६ मतदाता मध्ये ४ सय १८ मत खसेको निर्वाचन अधिकृत अवस्थीले बताए ।

प्रतिक्रिया