Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०९:५९

'स्वच्छ अपि' अन्तर्गत अपिहिमाल गाउँपालिकाद्वारा १३ सय घरधुरीलाई ग्यास सिलिण्डर वितरण

Wide Nepal News
आइतबार, मङि्सर १२, २०७८
दार्चुला : अपिहिमाल गाउँपालिकाले 'स्वच्छ अपि, धुँवामुक्त अपि' कार्यक्रमअन्तर्गत गाउँपालिकाभरीका १३ सय घरधुरीलाई चुल्होसहित ग्यास सिलिण्डर वितरण गरेको छ । चालु आर्थिक बर्ष २०७८७९ कार्यक्रम अन्तर्गत गाउँपालिका भरिका छ वटै वडाका सबै परिवारलाई ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिएका छन् । गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालको अध्यक्षतामा आयोजित एक औपचारिक कार्यक्रमका बिच शुक्रबार र शनिबार ग्यास सिलिण्डरसहित चुल्हो वितरण गरिएको हो । सिलिण्डर र चुल्हो वितरण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीय लगायतको सहभागिता रहेको थियो । गाउँपालिकाको ९५ लाख बजेटमा टेण्डरमार्फत कम्पनी छनोट गरेर कम्पनीले नै खरिद गरेको र गाउँपालिकाले निःशुल्क ग्यास सिलिण्डर र चुल्हो वितरण गरिएको गाउँपालिकाले जनाएको छ । ग्यास सिलिण्डरसहित चुल्हो सेट पाएपछि निकै खुसी लागेको स्थानीय डम्बरसिह बोहराले बताउनुभयो, दाउरा खोज्न निकै समस्या हुन्थ्यो, बनजंगल पनि बिनास भइरहेको थियो, उहाँले भन्नुभयो, गाउँपालिकाले ग्यास सिलिण्डर वितरण गरेपछि बन संरक्षण हुनुका साथै दाउँरा र धुँवाको झन्झट हट्ने छ । गाउँपालिकाले जनतामा प्रतक्ष पुग्ने यस्तै खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीयले बताएका छन्

प्रतिक्रिया