Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:३१

बैतडीका पत्रकार विनोदसिंह बिष्टलाई खेलकुद पत्रकारिता पुरस्कार

Wide Nepal News
सोमबार, मङि्सर २७, २०७८
सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाबाट पत्रकारिता गर्दै आइरहेका पत्रकार विनोदसिंह बिष्ट खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित हुने भएका छन् । राष्ट्रिय समाचार समिति (रासस) का बैतडी समाचारदाता बिष्टलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्न लागेको हो । मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै सुदूरपश्चिम प्रदेशबाट खेलकुदको विकास र विस्तारमा योगदान पुर्याएको भन्दै मन्त्रीस्तरबाट निर्णय भएबमोजिम विष्टलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरिने भएको हो । बिष्टलाई अगामी पुस ४ गते मन्त्रालयमै एक कार्यक्रमको आयोजना गरि नगद २५ हजार र प्रमाणपत्रसहित सम्मान गरिने जनाइएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका बिष्ट विगत १२ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका छन् । सुदूरपश्चिमबाट बिष्टसंगै मन्त्रालयले अन्य प्रदेशबाट पनि एक/एक जनालाई सम्मान गर्ने भएको छ ।

प्रतिक्रिया