Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:०६

दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीको बिदाई, बाँकेबाट उपाध्याय आउने

Wide Nepal News
आइतबार, पुष २५, २०७८
दार्चुला : गृह मन्त्रालय सरुवा भएपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको दार्चुलाबाट बिदाइ गरिएको छ । कर्मचारी मिलन केन्द्र दार्चुलाको आयोजनामा एक समारोहका बिच आइतबार (आज) प्रमुख जिल्ला अधिकारी जोशीको बिदाई गरिएको हो । कर्मचारी मिलन केन्द्र दार्चुलाका अध्यक्ष अमरसिंह धामीको अध्यक्षतामा आयोजित प्रमुख जिल्ला अधिकारी जोशीको बिदाई समारोहमा सुदुरपश्चिम प्रदेश सभा सदस्य गेल्बुसिंह बोहरासहित जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, स्थानीय तहका प्रमुखहरुको एवं जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । गत बर्षको फागुन २३ गते गृह मन्त्रालयबाट सरुवा भइ दार्चुलाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका जोशीले पुस २२ गतेको गृह मन्त्रालयको निर्णयबमोजिम मन्त्रालयमा फिर्ता गएका हुन् । जोशी गृह मन्त्रालय सरुवा भएपछि लुम्बिनी प्रदेश अन्तर्गत बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय दार्चुला आउने भएका छन् । बिदाइ समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी जोशीले दार्चुलाको सम्झना सँधै रहिरहने तथा आफ्नो कार्यकालमा सल्लाह सुझाव दिइ सघाउने जिल्लास्थित नेता, कर्मचारी, पत्रकार, आम नागरिक लगायत सम्पुर्णमा धन्यबाद ज्ञापन गरेका छन्।

प्रतिक्रिया