Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०९:५७

एमाले बैतडीको आठौं अधिवेशनबाट नेतृत्वमा सहमति, अध्यक्षमा पाल सर्वसम्मत चयन

Wide Nepal News
आइतबार, पुष २५, २०७८
बैतडीमा नेपाल कम्युनिष्ट पार्टी एमालेको नेतृत्वको लागि अन्ततः सहमति जुटेको छ । सहमतिमै ९० सदस्यीय कमिटी सहित एमाले बैतडीको आठौं अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र पाल शनिबार सर्वसम्मत चयन भएका छन । दुई दिनको रस्सा कस्सि पछि अध्यक्षका अर्का आकांक्षी गोरखबहादुर चन्दले अध्यक्ष पदबाट पछाडि हटेर सहमति गरेपछि एमाले अध्यक्षमा पुनः पाल चयन भएका हुन यस्तै उपाध्यक्षमा रमिल बम , सचिवमा चक्र कार्की , उपसचिवमा सरस्वती नेपाली , लोकेन्द्र भण्डारी चयन भएका छन । दुई दिन सम्म सहमति नजुटेको बैतडी एमालेमा नेताकार्यकर्ताहरूले एमाले बैतडीलाई एकताबद्ध बनाएर लैजान र एमालेलाई फुटाउन लागि परेकाहरूलाइ असफल बनाउन सहमति गरेको एक नेताले बताए । निर्वाचित सम्पूर्ण पदाधिकारीरूलाइ आजै सपथग्रहण गराइएको एमाले बैतडीले जनाएको छ ।

प्रतिक्रिया