Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:००

नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टन वरीयताको शीर्षस्थानमा

Wide Nepal News
बिहिबार, पुष २९, २०७८

काठमाडौ : नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको वरीयतामा शीर्षस्थानमा पुग्दै इतिहास कायम गरेका छन् ।

ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बीडब्लुएफ) मंगलबार सार्वजनिक गरेको विश्व वरीयताको जुनियरतर्फ प्रिन्स पहिलो पटक शीर्षस्थानमा उक्लेका छन् ।

विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा नेपाली खेलाडीले प्राप्त गरेको यो सबैभन्दा ठूलो वरीयता हो । पछिल्लो समय प्रिन्सले गरेको प्रदर्शनका आधारमा उनी विश्वकै शीर्षस्थानमा पुगेका हुन् । प्रिन्सको पनि यो अहिलेसम्मको सबैभन्दा उच्च स्थान हो ।

पहिलो पटक विश्व वरीयताको शीर्षस्थानमा पुगेका प्रिन्सले धेरै खुशी व्यक्त गर्दै यसले अझै राम्रो गर्न मोटिभेट गर्ने बताए । ‘एकदमै खुशी छु । यसले अझै राम्रो गर्न हौसला मिलेको छ । साथै सिनियरतर्फ पनि राम्रो गर्न मोटिभेट गरेको छ ।’ प्रिन्सले छोटो प्रतिक्रिया दिँदै भने ।

दुई स्थान सुधार गर्दै शीर्षस्थानमा उक्लेका प्रिन्सको १० हजार ५०० अंक छ । मलेसियाका जस्टिन होह ९ हजार ५९० अंकसहित दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया