Wide Nepal News आइतबार ०७, बैशाख २०८२ ०१:१३

डिलासैनी गाउँपालिकाद्वारा एमबीबीएस डाक्टर, जनस्वास्थ्य अधिकृत र कृषि अधिकृत पदका लागि दरखास्त आह्वान

Wide Nepal News
बिहिबार, असार ३०, २०७९
काठमाडौं : बैतडीको डिलासैनी गाउँपालिकाले अधिकृतस्तरीय विभिन्न ३ वटा पदमा विज्ञापन खोलेको छ । गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक निति तथा कार्यक्रम अनुसार गाउँपालिकाले बिहिवार (आज) एक सूचना जारी गर्दै १ जना चिकित्सक, १ जना जनस्वास्थ्य अधिकृत तथा १ जना कृषि अधिकृत गरि ३ वटा पदमा करार दरबन्दीका लागि दरखास्त आह्वान गरेको हो । डिलासैनी गाउँपालिका अन्तर्गत डिलासैनी स्वास्थ्य चौकी र रुद्रेश्वर स्वास्थ्य चौकीको स्तरोन्नती वृद्धी गर्न तथा गाउँपालिकामा कृषि सम्बन्धि कार्यक्रमहरु संचालनका लागि विज्ञापन खोलिएको बताउदैं मान्यता प्राप्त शिक्षण संस्थाबाट उल्लेखित विषयमा योग्य व्यक्तिलाई दरखास्त दिन आह्वान गरिएको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए । अध्यक्ष जोशीले गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक निति, कार्यक्रम तथा बजेटमा समावेश गरिएअनुसार गाउँपालिकामा दक्ष चिकित्सक, जनस्वास्थ्य अधिकृत र कृषि अधिकृतले काम गर्दा जनतालाई सहज महशुस हुने र कृषि तथा स्वास्थ्य क्षेत्रमा विद्यमान अवस्था भन्दा परिणाममूखी काम हुने बताए । अध्यक्ष जोशीले भने, "अहिलेसम्म विभिन्न शाखाहरू चौथो र पाचौं तहका कर्मचारीको भरमा चलिरहेका छन् ।गाउँपालिकाभित्र अधिकृतस्तरका जनशक्तिबाट गुणस्तरीय सेवा प्रवाह गर्दा यहाँका स्थानीयको जनजीवन प्रभावकारी रहने अपेक्षा गरेका छौ ।"  

प्रतिक्रिया