Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:०९

कोरोना जोखिम कम गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाद्वारा सातबुँदे आदेश जारी

Wide Nepal News
बिहिबार, पुष २९, २०७८

देशभर कोरोना संक्रमणको जोखिम उच्च हुँदै गएसङ्गै जोखिम न्यूनीकरणका लागि दार्चुलामा पनि तयारी थालिएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले पौष २९ गते (आज) एक सार्वजनिक सूचना जारी गर्दै जोखिम न्यूनीकरणका लागि तयारी थालेको हो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सातबुँदे आदेशपत्र जारी गर्दै जिल्लामा अबदेखि सार्वजनिक स्थलमा कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालयको अनुमति लिनपर्ने उल्लेख गरेका छन् ।

यस्तै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी सहभागि नहुने गरी राजनीतिक, सामाजिक, धार्मिक तथा प्रशासनिक कार्यक्रम, मेला, भेला, महोत्सव, पर्व सञ्चालन गर्ने, आवश्य कार्यक्रमको हकमा स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रशासनको अनुमति लिनपर्ने आदेश पत्रमा उल्लेख छ ।

यसैगरी माघ ७ गतेदेखि अनिर्वाय खोप कार्ड बोक्नुपर्ने, सार्वजनिक निकायबाट सेवा प्रवाह गर्दा भिडभाड हुन नदिने, स्वाथ्य मापदण्डको पालना गराउनु पर्नेछ ।

सार्वजनिक यातायातमा तोकिएको सिटभन्दा बढी यात्रु राख्न नपाउने, घरबाट बाहिर निस्कदा अनिर्वाय रुपमा मास्क लगाउनु पर्नेछ ।  त्यस्तै भारत तथा नेपालका अन्य क्षेत्रबाट जिल्लामा आउने नागरिकले स्थानीय तहको स्वास्थ्य शाखाको निगरानीमा होम क्वारेन्टिनमा बस्नु पर्नेछ ।

प्रतिक्रिया