Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:३८

दार्चुलामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १ सय ३४ नाघ्यो

Wide Nepal News
बिहिबार, माघ १३, २०७८
दार्चुृलामा बिहिबार (आज) १२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बिहिबार कूल ४३ जनाको परिक्षण गरिएकोमा १२ जनामा संक्रमण पुष्टि भएसंगै हाल जिल्लाभरीमा कोरोनाका सक्रिय संक्रमितको संख्या १३४ पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । विहिबार जिल्ला अस्पताल दार्चुलामा तीन जना, पुलघाट नाकामा एक जना, महाकाली नगरपालिकामा तीन जना, गोकुलेश्वर अस्पतालमा गरिएको परीक्षणमा दुई जना, अपिहिमाल गाउँपालिकामा दुई जना र मालिकार्जुन गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको हो । । जिल्लामा कोरोना संक्रमण दर २७.९ प्रतिशत रहेको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांकले देखाएको छ । हाल महाकाली नगरपालिकामा ६५ जना, शैल्यशिखर नगरपालिकामा २१ जना, अपिहिमाल गाउँपालिकामा १० जना, दुहुँ गाउँपालिकामा तीन जना, मार्मा गाउँपालिकामा ६ जना, मालिकार्जुन गाउँपालिकामा १४ जना र लेकम गाउँपालिकामा १५ जना संक्रिय संक्रमित रहेका छन् । व्यास र नौगाड गाउँपालिकामा भने संक्रिय संक्रमित नरहेको बताइएको छ । कोरोनाको दोस्रो भेरिएन्टका कारण दार्चुलामा ११ जना संक्रमितले ज्यान गुमाएका थिए । तथापी अहिलेको ओमिक्रोन भेरीयन्टले जिल्लामा संक्रमितको संख्या बढ्दै गएपनि जिल्लामा मृत्यु हुनेको संख्या सुन्य रहेको छ ।

प्रतिक्रिया