Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:५४

विद्यार्थी सवार टिप्पर दुर्घना हुँदा बैतडीमा ३ जनाको घटनास्थलमै मृत्यु, ५ घाइते

Wide Nepal News
सोमबार, फागुन ०९, २०७८
बैतडीमा टिप्पर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका– ३ गरुडामा झासलमालिबाट दमोरा जाँदै गरेको बा ३ ख ४८७९ नम्बरको टिप्पर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। टिप्परमा सिगास माद्यमिक विद्यालयका विद्यार्थीहरु रहेको बताईएको छ । जिल्ला प्रहरी कार्याल्य बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार टिप्पर दुर्घटना हुँदा दुई विद्यार्थी र एक अन्य गरी तीन जनाको मृत्यु भएको हो। पाटन नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानु बिष्ट र १७ वर्षीय ललित अवस्थीको मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए। उनका अनुसार दुर्घटनामा ५ जना घाइते भएका छन्। १२ वर्षीय राजेश पन्त, १२ वर्षकै सुनिल भट्ट, १२ वर्षकै अमित बिष्ट र १३ वर्षीय सुदिप पन्त घाइते भएका छन्।

प्रतिक्रिया