Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:५६

‘हाम्रै हो लिपुलेक’ गीतका गायक धामीलाई राष्ट्रिय लोक दोहोरी अवार्ड

Wide Nepal News
आइतबार, फागुन २९, २०७८
‘हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी’ गीतका गायक तथा सर्जक मनोजसिंह धामीलाई अवार्ड प्राप्त भएको छ । सातौँ राष्ट्रिय लोक दोहोरी अवार्ड २०७७/७८ बाट उनलाई सम्मानित गरिएको हो । उक्त गीतमा गायक धामी र गायिका पूर्णकला बिसीको आवाज रहेको छ भने, विनोद बाजुरालीको म्युजिक एरेन्ज रहेको छ । २०७७ साल मङ्सिरमा रिलिज भएको उक्त गीत हरेक पटक सिमानाका विषयमा विवाद हुँदा आन्दोलनहरूमा समेत घन्किने गरेको छ । उत्कृष्ट पाँचको मनोनयनमा छनौट भएका प्रतियोगी मध्ये २० प्रतिशत भोट र ८० प्रतिशत गीतको मूल्याङ्कनको आधारमा विजेता छनौट गरिएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिति काठमाडौँले आयोजना गरेको सातौँ संस्करण राष्ट्रिय लोक दोहोरी अवार्ड विजेता धामीलाई शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको भवन काठमाडौँमा अवार्ड प्रदान गरिएको हो । अवार्डले आफूलाई हौसला प्रदान गरेको गायक धामीले बताउनुभयो । आगामी दिनमा अझै राम्रा सृजनाहरू बजारमा ल्याउन मेहेनत गर्ने उहाँले बताउनुभयो । “हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी बोलको गीत” २०७७/७८मा बजारमा आएका गीतहरूबाट छनौट भई टप ५ मा परी एक नम्बरमा पर्न सफल भएको हो । गायक धामीका १ दर्जन देशभक्ति गीतहरू र ५० बढी लोकदोहोरी तथा देउडा गीत बजारमा उपलब्ध छन् । दार्चुला स्थायी घर भएका धामी २०६६ सालदेखि कलाकारिता क्षेत्रका आबद्ध छन् ।

प्रतिक्रिया