Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:२०

दार्चुलाका प्रहरी प्रमुख भट्टको बाँके सरुवा

Wide Nepal News
बुधबार, चैत ०९, २०७८
दार्चुला : जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टको सरुवा भएको छ । गत बर्षको फागुनदेखि दार्चुलाको प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका भट्टको झण्डै १४ महिनामा जिल्ला प्रहरी कार्यालय बाँकेमा काज सरुवा भएको हो। डीएसपी भट्ट संगै नेपाल प्रहरीका २५ जना डीएसपीहरुको काज सरुवा भएको स्रोतले बताएको छ । दार्चुलाका प्रहरी प्रमुख भट्टको सरुवा भएसंगै जिल्लाको नयाँ प्रहरी प्रमुखको जिम्मेवारीमा मधेश प्रदेशस्थित प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, धनुषाबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतिक बिष्ट दार्चुला आउने भएका छन् ।

प्रतिक्रिया