एनपिएलका २३ खेल ‘फ्लड लाइट’मा हुने
सम्बाददाता
सोमबार, कार्तिक २४, २०८२
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) ‘फ्लड लाइट’मा हुने भएको छ।
प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल ‘फ्लड लाइट’मा हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। १ मंसिरदेखि सुरू हुने प्रतियोगितामा क्यानले सार्वजनिक बिदाको अधिकांश दिनहरु दुई खेल आयोजना गर्दैछ। पहिलो खेल पौने १२ बजे हुँदैछ। दोस्रो खेल साढे ३ र ४ बजे हुने जनाइएको छ।
यसअघि पहिलो संस्करणमा पहिलो खेल ९ तथा दोस्रो खेल १२ बजे भएको थियो। दोस्रो संस्करणमा १० हजार बढी समर्थकले सिटमै बसेर खेल हेर्नेछन्। नेपाल सरकारले पहिलो एनपिएलपछि मैदान पुनर्निर्माण गरेको हो।
उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमान्डौं गोर्खाजबीच हुनेछ। पहिलो खेल ४ बजे हुने क्यानले जनाएको छ। आठ टोलीबीच हुने प्रतियोगिताको समूह चरणमा २८ खेल हुनेछन्। मंसिर २७ गते हुने फाइनल पनि फ्लडलाइनमै गर्ने क्यानले जनाएको छ।
प्रतियोगितामा यो सिजन पनि साविक विजेता जनकपुर बोल्ट्स र उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्।
प्रतिक्रिया