Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:५८

सुदूरपश्चिमका पन्त र धानुकसहित ३ जना एआईजीमा बढुवा

Wide Nepal News
बिहिबार, चैत १७, २०७८
काठमाडौं : सरकारले ३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआईजीमा बढुवा गरेको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआइजी बसन्त पन्त, रविन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। पन्त र धानुकको घर सुदूरपश्चिम हो। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको थियो। सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेकै दिन तीनैजनाले दर्ज्यानी चिन्ह लगाएका छन्। वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकले दर्ज्यानी चिन्ह लगाएका हुन्। सरकारले विहीबार बिहान मात्र उनीहरूलाई एआईजीमा बढुवा गरेको हो। बढुवा सिफारिस समितिको निर्णयमा असन्तुष्ट तीन डीआईजीले भने सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्। उजुरी सुन्ने समितिले बढुवा समितीको सिफारिसलाई बुधबार साँझ सदर गरेपछि डीआईजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले रिट दर्ता गरेका हुन्। मन्त्रिपरिषद्को निर्णयको पत्र अन्य सन्दर्भमा आइपुग्न केही दिन लाग्ने गरेको भए पनि पछिल्लो विवादबीच भएको निर्णय भने एकै दिनमा कार्यान्वयनमा आएको छ।

प्रतिक्रिया