Wide Nepal News मङ्गलबार २८, असोज २०८२ १२:२२

निर्वाचनको मिति तय भएसंगै मतदाता नामावली सङ्कलन सुरु

सम्बाददाता सम्बाददाता
बिहिबार, असोज ०९, २०८२
निर्वाचनको मिति तय भएसंगै मतदाता नामावली सङ्कलन सुरु
आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति घोषणा भएसंगै यस अघि स्थगित भएको मतदाता नामावली सङ्कलन कार्य आयोगको निर्णय अनुसार मिति २०८२ कार्तिक ३० गतेसम्म पुनः सञ्चालन हुने भएको छ । यस कार्यक्रम अन्तर्गत यस पूर्व मतदाता नामावलीमा नाम दर्ता नभएका १६ वर्ष उमेर पूरा भै नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिकहरूले सार्वजनिक विदाको दिन बाहेक विहान ८ बजेदेखि वेलुकी ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा दर्ता गर्न सकिने गरी व्यवस्था गरिएको राष्ट्रिय निर्वाचन आयोगले बिहीबार एक सुचना जारिगर्दै जानकारी दिएको हो । त्यस्तै, मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रममा कानून बमोजिम मतदाता हुन योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो नाम दर्ता गर्न सक्ने व्यवस्थाका अतिरिक्त विवाह भई अन्यत्र गएका, बसाइ सराइ गरेका मतदाताले ठाउँसारी गर्न सक्ने र नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्याउन सकिने समेत व्यवस्था मिलाइएको हुँदा मतदाता नामावलीमा नाम दर्ता हुन बाँकी रहेका १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिकलाई नाम दर्ता एवं विवरण अद्यावधिक गरी मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो नागरिक अधिकार प्रयोग गर्न निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ ।

प्रतिक्रिया