Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:५७

एमाले दार्चुलाले लगायो जिल्लाका ३ स्थानीय तहमा उम्मेदवारको टुङ्गो

Wide Nepal News
शुक्रबार, चैत २५, २०७८
आगामी बैशाख ३० मा सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले दार्चुलाले जिल्लाका तीन वटा स्थानीय तहमा आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका, दुँहु गाउँपालिका र नौगाड गाउँपालिकामा पालिका प्रमुख तथा अध्यक्ष पदका उम्मेदवारको टुंगो लागेको एमाले दार्चुलाले जनाएको छ । शैल्यशिखर नगरपालिकामा नेकपा एमालेको तर्फबाट नेकपा एमालेका जिल्ला कमिटी सदस्य विजयसिंह धामीलाई नगरप्रमुख पदमा उम्मेदवार बनाउने सहमति जुटेको छ । यस्तै जिल्लाको नौगाड गाउँपालिका अध्यक्षमा एमाले दार्चुलाका अध्यक्ष समेत रहेका प्रेमसिंह धामीलाई पुन दोहोर्याउने तयारी थालिएको र दुहुँ गाउँपालिकामा एमाले नेता नरेन्द्रसिंह बडाललाई गाउँपालिका अध्यक्षमा उम्मेदवार बनाउने टुंगो लागेको बताइएको छ । अन्य पालिकामा पनि उम्मेदवार छनोटको विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् । २ नगरपालिका र ७ गाउँपालिकासहित जम्मा ९ वटा स्थानीय तह रहेको दार्चुलामा यसअघि वि.सं.२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ५ वटा स्थानीय तहमा नेपाली कांग्रेश, ३ वटामा नेकपा एमाले तथा एक स्थानीय तहमा नेकपा माओवादी केन्द्र विजयी भएको थियो ।

प्रतिक्रिया