'तिम्रै भर परेको' बोलको लोक गीत बजारमा आएको छ । बैतडीको डिलासैनी गाउँपालिका घर भएका लोक जोशीको शब्द सिर्जनामा तयार पारिएको उक्त गीतमा गायक कुशल बेल्बासे र बोलमाया गीतमार्फत चर्चामा आएकी लोकप्रिय गायिका शान्तीश्री परियारले स्वर दिएका छन् ।
गीतसंगितमा रुचि राख्ने जोशीको शब्द रचना रहेको उक्त गीतमा जीशन भट्टले संगित भरेका छन् भने कलाकारहरु मुकुन्द भट्ट, सरिता दनकुटी र स्वयम् जोशीले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई प्रविन थापाले निर्देशन गरेका हुन् ।
लोकभाका शैलीमा तयार पारिएको तिम्रै भर परेको बोलको उक्त गीतले लोक संगित पारखीहरुबाट गीत उत्कृष्ट रहेको प्रतिक्रिया पाइरहेको छ । बुधबार शुभदीप नामक युट्युब च्यानलबाट उक्त गीतलाई सार्वजनिक गरिएको हो ।
सर्जक जोशीको शब्द सिर्जनामा यसअघि भुल्नै पर्ने भयो, सिरसिर हावा,अन्तै नाता जोड्यौ सहित आधा दर्जन गीत बजारमा आइसकेका छन् ।
https://www.youtube.com/watch?v=qwByx_ac6JE
प्रतिक्रिया