Wide Nepal News शनिबार १४, असार २०८२ १०:५८

शैल्यशिखर नगरपालिकाले ल्यायो ६२ करोड ३४ लाखको बजेट

सम्बाददाता सम्बाददाता
बुधबार, असार ११, २०८२
शैल्यशिखर नगरपालिकाले ल्यायो ६२ करोड ३४ लाखको बजेट
दार्चुलाको शैल्यशिखर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागी ६२ करोड ३४ लाख ८४ हजार ९ सय ४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख विजय सिंह धामीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएपछि नगरसभाको १७औँ अधिवेशनको दोस्रो बैठकबाट नगर उप–प्रमुख शान्ती खडायतले बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमध्ये ३९ करोड ६५ लाख ८७ हजार ९ सय ४ रुपैयाँ चालु खर्चका लागि र २२ करोड ६८ लाख ९७ हजार रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बिष्टले बताउनुभयो । राजस्व स्रोततर्फ संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत ८ करोड ३७ लाख रुपैयाँ सुदूरपश्चिम प्रदेश सरकारबाट ३ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै केन्द्रबाट राजस्व बाँडफाँटमार्फत १ करोड ६८ लाख रुपैयाँ सशर्त अनुदानतर्फ रुपैयाँ र प्रदेशबाट ७ करोड ६१ लाख ३७ हजार रुपैयाँ आउने अनुमान गरिएको छ। संघ र प्रदेशबाट प्राप्त हुने बजेटसहित नगरपालिकाले आन्तरिक आम्दानी, अघिल्लो वर्षको मौज्दात रकमबाट गरी कुल ६२ करोड ३४ लाख ८४ हजार ९ सय ४ रुपैयाँको बजेट ल्याइएको नगर उप–प्रमुख शान्ती खडायतले बताउनुभयो ।

प्रतिक्रिया