Wide Nepal News शनिबार १४, असार २०८२ १०:०६

अमेरिकाद्वारा ईरानको तीन न्युक्लियर केन्द्रमा भीषण बमबारी

एजेन्सी एजेन्सी
आइतबार, असार ०८, २०८२
अमेरिकाद्वारा ईरानको तीन न्युक्लियर केन्द्रमा भीषण बमबारी
अन्तत ईरान विरुद्धको इजरायलको युद्धमा अमेरिका पनि सामेल भएको छ । अमेरिकाले आइतबार बिहान ईरानका तीन फरक फरक न्युक्लियर केन्द्रहरूमा भीषण बमबारी गरेको हो । ईरानका ती क्षेत्रहरूमा सफलता पूर्वक बमबारी गरेर आफ्नो सैनिक र जहाजहरू सुरक्षित फर्किएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन। ईरानको न्युक्लियर केन्द्रहरू नताज, फ्रेदो र ईस्फानमा आक्रमण गरिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ‘हामीले इरानका तीनवटा आणविक साइटहरू फोर्डो, नताञ्ज र इस्फाहानमा एकदम सफल आक्रमण सम्पन्न गरेका छौँ । सबै विमानहरू अब इरानको हवाई क्षेत्रबाट बाहिर छन्,’ ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘फोर्डो मुख्य निशानामा बमहरूको पूरै लोड खसालिएको थियो। सबै विमानहरू सुरक्षित रूपमा घर फर्कँदैछन्। हाम्रा महान अमेरिकी सैनिकहरूलाई बधाई छ । यस्तो काम संसारको कुनै पनि अर्को सेना गर्न सक्दैन । अहिले शान्तिको समय हो । यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद ।’ न्युक्लियर साइटमा हमला पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट देशवासीका नाममा सम्बोधन गरे । करिब तीन मिनेट लामो सङ्क्षिप्त सम्बोधनमा उनले ईरानमाथिको आक्रमण सफल भएको भन्दै अमेरिकी सैन्य सफलताको तारिफ गरे । साथै उनले अमेरिकी आक्रमणबाट ईरानको आणविक साइटहरु ध्वस्त पारिएको भन्दै अझै इरानले शान्तिको बाटो नसमाते नतिजा झनै खराब हुने धम्कीसमेतको दिएका छन् । ‘अमेरिकाको आक्रमण अद्भूत सैन्य सफलता हो,’ उनले भने,‘इरानका आणविक पूर्वाधारहरू पूर्ण रूपमा ध्वस्त पारिएको छ ।’ ईरानको न्युक्लियर साइटमा हमला पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट देशवासीका नाममा सम्बोधन गरे । करिब तीन मिनेट लामो सङ्क्षिप्त सम्बोधनमा उनले ईरानमाथिको आक्रमण सफल भएको भन्दै अमेरिकी सैन्य सफलताको तारिफ गरे । साथै उनले अमेरिकी आक्रमणबाट ईरानको आणविक साइटहरु ध्वस्त पारिएको भन्दै अझै इरानले शान्तिको बाटो नसमाते नतिजा झनै खराब हुने धम्कीसमेतको दिएका छन् । ‘अमेरिकाको आक्रमण अद्भूत सैन्य सफलता हो,’ उनले भने,‘इरानका आणविक पूर्वाधारहरू पूर्ण रूपमा ध्वस्त पारिएको छ ।’ Dish HomeGlobal Ime Bank उनले इरानले अब शान्तिको मार्ग रोज्नैपर्छ । यदि गरेन भने भविष्यमा हुने आक्रमणहरू अझ ठूलो र सजिलो हुने चेतावनी पनि दिए । उनले थपे, ‘हामीसँग अझ धेरै लक्ष्यहरू बाँकी छन् । यदि चाँडै शान्ति कायम भएन भने ती अन्य लक्ष्यहरूलाई पनि तीव्र, सटीक र दक्षताका साथ आक्रमण गरिनेछ ।’ अझै पनि ईरान नसुध्रिए अवस्था अझै भयावह हुने पनि चेतावनी दिए । ‘यो अवस्था अब चल्न सक्दैन,’ ट्रम्पले भने, ‘अब या त शान्ति हुनेछ, या इरानका लागि यस्तो विपत्ती आउनेछ जुन पछिल्ला आठ दिनमा देखिएभन्दा पनि निकै भयावह हुनेछ ।’ राष्ट्रपति ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई धन्यवाद र बधाई पनि दिए । उनले भने,‘अमेरिका र इजरायल एउटै टोलीका रूपमा काम गरे, र इजरायलमाथिको यो भयावह खतरा हटाउने दिशामा धेरै टाढासम्म अगाडि बढेका छन् ।’ ट्रम्पले सम्बोधनको अन्त्यमा अमेरिकी सेनाका संयुक्त प्रमुख जनरल ड्यान केनले आइतबार बिहान ८ बजे ९स्थानीय समयअनुसार० पत्रकार सम्मेलन गर्ने पनि जानकारी दिए। यद्यपि यस अघि ट्रम्पले विदेशमा अमेरिकी सैन्य हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाउँदै आएका थिए । उनले यो आक्रमणलाई आफूले पहिलो कार्यकालमा गराएको इरानी जनरल कासिम सुलेमानीको हत्या सरह मानिएको बताएका छन् ।

प्रतिक्रिया